Header Ads

मन्त्रिपरिषद् बैठकका यस्ता छन् गभर्नर पाैडेललाई नियुक्ति गर्ने लगायतका नौ निर्णय (सूचीसहित)

मन्त्रिपरिषद् बैठक निर्णयहरू (जेठ ७, २०८१)









सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका नौ निर्णय सार्वजनिक

 गरेको छ ।सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा 

गुरुङले बिहीबार मन्त्रालयमा नियमित पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय 

सार्वजनिक गरेका हुन । 



यस्ता छन् नौ निर्णय

















  1. आर्थिक सुधार कार्यान्वयन कार्यक्रम स्वीकृत

    • उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०७९ को सिफारिस 

    • कार्यान्वयन गर्न "आर्थिक सुधार कार्यान्वयन कार्यक्रम, २०८१" स्वीकृत।

  2. Global Forum मा सहभागिता अनुमति

    • जेठ १०-११ मा हुने Global Forum for Human Trafficking 

    • Survivors – Voice of Resilience कार्यक्रममा 

    • नायब महान्यायाधिवक्ता श्री संजीवराज 

    • रेग्मीलाई सहभागी हुन स्वीकृत ि

  3. गभर्नर नियुक्ति

    • प्रा. डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर 

    • पदमा नियुक्त गर्ने निर्णय।

  4. चीनमा हुने सम्मेलनमा सहभागिता

    • जेठ ११-१३ मा चीनमा हुने Fourth Dialogue on Exchanges

    •  and Mutual Learning among Civilizations 

    • कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री राकेश 

    • झालाई सहभागी हुन स्वीकृति।

  5. भौतिक पूर्वाधार मन्त्रालय

    • नवनिर्मित चाकचके महाकाली पुल आश्रित महेन्द्रनगर–भीमदत्त 

    • नगरभित्रको सडकखण्डलाई राष्ट्रिय सडक घोषणाका लागि सहमति।

  6. रक्षा मन्त्रालय

    • नेपाली सेना, सशस्त्र प्रहरी, र सशस्त्र सीमा प्रहरीका स्वास्थ्य 

    • संस्थाहरूका लागि आवश्यक चिकित्सा उपकरण खरिदका 

    • लागि स्वीकृति।

  7. वन तथा वातावरण मन्त्रालय

    • जेठ १५–१७ गते Dushanbe, Tajikistan मा हुने

    •   Leaders Round Table of International 

    • Conference on Glaciers Preservation कार्यक्रममा 

    • राज्यमन्त्री विमला विस्ट काफ्लेलाई 

    • सहभागी हुन स्वीकृति

  8. सहरी विकास मन्त्रालय - नीति स्वीकृति

    • आर्थिक समृद्धि तथा स्थानीय क्षमता एकीकृत विकास समिति 

    • (पाँचौं बैठक) बाट प्रस्तुत प्रतिवेदन, २०८१ स्वीकृत।

  9. सहरी विकास मन्त्रालय - बजेट स्वीकृति

    • नगर विकास समितिको स्वामित्वमा रहेको १५६५६.६० वर्गमिटर

    •  जमिन उपयोगका लागि काठमाडौं उपत्यका विकास 

    • प्राधिकरणलाई रु. ६० करोड बराबरको बजेट स्वीकृति।


No comments