मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशित गरेको छ। यस सूचनाअनुसार विभिन्न पदहरूमा कर्मचारीको माग गरिएको छ।

पदहरू र संख्या:

  • सुपरभाइजर/वरिष्ठ सहायक (शाखा प्रमुख): २ जना (सहायक श्रेणी)
  • सहायक: ५ जना (सहायक श्रेणी)
  • कनिष्ठ सहायक: २ जना (सहायक श्रेणी)

आवश्यक न्यूनतम योग्यता:

  • सुपरभाइजर/वरिष्ठ सहायक (शाखा प्रमुख): स्नातक उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा ३ वर्ष वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा ५ वर्षको कार्यानुभव हुनुपर्नेछ।
  • सहायक: प्रवीणता प्रमाणपत्र तह वा १०+२ उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा २ वर्ष कनिष्ठ सहायकको कार्यानुभव हुनुपर्नेछ। ग्रामीण क्षेत्रमा फिल्डमा गई कार्य गर्न इच्छुक हुनुपर्नेछ।
  • कनिष्ठ सहायक: एस.एल.सी. वा सो सरह उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा १ वर्षको कार्यानुभव हुनुपर्नेछ। प्रवीणता प्रमाणपत्र तह वा १०+२ उत्तीर्ण गरेकालाई प्राथमिकता दिइनेछ। ग्रामीण क्षेत्रमा फिल्डमा गई कार्य गर्न इच्छुक हुनुपर्नेछ।

अन्य जानकारी:

  • उमेर हद: १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको तर महिला उम्मेदवारको हकमा माथिल्लो उमेर हदमा ५ वर्ष थप हुनेछ।
  • परिक्षाको किसिम: छोटो सूचीमा परेकाहरू मध्ये अन्तरवार्ताको माध्यमबाट छनौट गरिनेछ।
  • तलब तथा सुविधा: संस्थाको नियमानुसार हुनेछ।
  • विशेष प्राथमिकता: कम्प्युटर (वर्ड, एक्सेल, इन्टरनेट) को राम्रो ज्ञान भएको साथै मोटरसाइकलको लाइसेन्स प्राप्त व्यक्तिलाई प्राथमिकता दिइनेछ।
  • दरखास्त बुझाउने स्थान: मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय वा hrsupport@manushilbs.com.np ईमेल।
  • दरखास्त दिने अन्तिम मिति: सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र (अर्थात् २०८२ जेठ २१ गते सम्म)।
  • म्याद नाघेको वा रित नपुगेको निवेदनहरू स्वतः रद्द हुनेछन्।