डेंगु संक्रमण देशभर फैलिँदै, ७३ जिल्लामा संक्रमण पुष्टि
डेंगु संक्रमण देशभर फैलिँदै, ७३ जिल्लामा संक्रमण पुष्टि
काठमाडौं, असार ९ – वर्षायामको सुरुवातसँगै नेपालमा डेंगु संक्रमणको जोखिम बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, मनाङ, रसुवा, डोल्पा र हुम्ला बाहेक देशका ७३ जिल्लामा डेंगु फैलिसकेको छ। हालसम्म १,५०२ जनामा संक्रमण पुष्टि भएको छ।
प्रदेशगत संक्रमण विवरण:
बागमती प्रदेश: ३८० संक्रमित (पछिल्लो सातामा २० नयाँ केस)
गण्डकी प्रदेश: ३०३ संक्रमित (पछिल्लो सातामा २३ नयाँ केस)लुम्बिनी प्रदेश: २४७ संक्रमित (पछिल्लो सातामा १६ नयाँ केस)
कोशी प्रदेश: ३०० संक्रमित (पछिल्लो सातामा ४ नयाँ केस)
सुदूरपश्चिम प्रदेश: २८४ संक्रमित (पछिल्लो सातामा ३ नयाँ केस)
मधेस प्रदेश: २२ संक्रमित (पछिल्लो सातामा २ नयाँ केस)
कर्णाली प्रदेश: ३२ संक्रमित (पछिल्लो सातामा नयाँ केस छैन)
संक्रमण नियन्त्रण चुनौत ी
विशेषज्ञहरूका अनुसार "सर्च एन्ड डेस्ट्रोय" विधिमा ढिलाइ, जनचेतनाको अभाव र सरकारको तयारी कमजोर भएको कारण जोखिम अझै बढिरहेको छ।
डेंगु सार्ने एडिस जातको लामखुट्टे साना पानी जम्ने भाँडोहरू (जस्तै टायर, गमला, ड्रम) मा हुर्कन्छ।जनस्वास्थ्य सल्लाह:
घर वरिपरि पानी जम्न नदिनुहोस्।
झुल प्रयोग गर्ने, झ्याल/ढोकामा जाली लगाउने।लामो बाहुला लगाउने, धुप वा मल्हम प्रयोग गर्ने।
विशेष जोखिममा को?
गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक, दोहोरिएर संक्रमण भएका, र दीर्घरोगीहरू।
डा. बाबुराम मरासिनी भन्छन्, “तीनै तहका सरकार चुकेका छन्, जनचेतना अभावले नागरिकको ज्यान जोखिममा परेको छ।”
Post a Comment