Header Ads

‘द बिच ब्वाइज’ का सह–संस्थापक ब्रायन विल्सनको ८२ वर्षको उमेरमा निधन

 
ब्रायन विल्सनको ८२ वर्षको उमेरमा निधन

काठमाडौं – सन् १९६० को दशकमा ख्याती कमाएको अमेरिकी ब्यान्ड 'द बिच ब्वाइज'का सह–संस्थापक तथा मुख्य संगीतकार ब्रायन विल्सनको ८२ वर्षको उमेरमा निधन भएको छ। सन् २०२४ देखि डिमेन्सियाबाट ग्रसित रहेका विल्सनको निधन बुधबार भएको हो।

क्यालिफोर्नियाको हथोर्नमा सन् १९४२ मा जन्मेका विल्सनले आफ्ना कान्छा भाइहरू कार्ल र डेनिस, काकाका छोरा माइक लभ र साथी अल जार्डिनसँग मिलेर 'द बिच ब्वाइज' ब्यान्ड गठन गरेका थिए। ब्यान्डले विश्वव्यापी रूपमा १० करोडभन्दा बढी रेकर्ड बिक्री गरेको दाबी गरिएको छ।

विल्सन ‘द बिच ब्वाइज’का मुख्य संगीत निर्देशक र ‘फ्रन्टम्यान’का रूपमा परिचित थिए। उनीहरूको संगीतले पप रक विधामा नयाँ उचाइ प्रदान गरेको मानिन्छ।
सङ्गीत पत्रिका रोलिङ स्टोन ले 'सबै समयका १०० महान् कलाकारहरू' को सूचीमा ब्यान्डलाई १२औँ स्थानमा राखेको बीबीसीले उल्लेख गरेको छ।

No comments