Header Ads

पोर्चुगलले दोस्रोपटक युईएफए नेशन्स लिगको उपाधि जित्यो, स्पेन पेनाल्टीमा पराजित


पोर्चुगलले दोस्रोपटक युईएफए नेशन्स लिगको उपाधि जित्यो, स्पेन पेनाल्टीमा पराजित

🏆 उपाधि जित्ने टोली: पोर्चुगल
🗓 मिति: आइतबार राति
🏟 स्थान: एललिनाज एरिना
🏁 नतिजा:

  • निर्धारित + अतिरिक्त समय: 2-2 बराबरी

  • पेनाल्टी सुटआउट: पोर्चुगल 5 - 3 स्पेन

खेलको मुख्य बुँदाहरू

  • स्पेनले अग्रता लियो :

    • 21 औं मिनेट: मार्टिन जुबिमेन्डीको गोल

    • पोर्चुगलले युईएफए नेसन्स लिगको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा स्पेनलाईपेनाल्टीसुटआउटमा ५-३ गोलले हराउँदै पोर्चुगललेदोस्रोपटक नेसन्स लिगको उपाधि जितेको हो ।

      यसअघि एल्लिनाज एरिनामा भएको खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा स्पेन निर्धारित समयमै जित निकाल्नबाट वन्चित भएको थियो। पहिलो हाफको २१ औँ मिनेटमामार्टिन जुबिमेन्डीले गोल गर्दै स्पेनलाई शुरुवाती अग्रता दिलाएका थिए । २६ औँ मिनेटमा पेड्रो नेटोको पासमा नुनो मेन्डेसले गोल गर्दै  पोर्चुगललाई १-१ गोलको बराबरीमा ल्याए ।

    • ४५ औँ मिनेटमा पेड्रीको पासमा मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई फेरी २-१ गोलको अग्रता दिलाए । ६१औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई २-२ गोलको बराबरीमा ल्याए । बाँकी निर्धारित र अतिरिक्त समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल पेनाल्टीसुटआउटमा पुगेको हो ।

    • पोर्चुगलले यसअघि सन् २०१९ मा पहिलोपटक आयोजना भएको नेसन्स लिगको उपाधि जितेको थियो । यता स्पेन भने दोस्रोपटक फाइनलमा पराजित भएको छ । यसअघि स्पेन सन् २०२१ मा फ्रान्ससँग फाइनलमा पराजित भएको थियो ।

    • निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समय २-२ गोलको बराबरीमा सकिएपछिपेनाल्टीसुटआउटबाट विजेताको टुंगो लगाइएको हो । पेनाल्टीसुटआउटमा पोर्चुगलको लागि गोन्सालो रामोस, भिटिन्हा, ब्रुनो फर्नान्डेज, नुनो मेन्डेसर रुबिन नेभेसले गोल गर्दा स्पेनको लागि मिकेल मेरिनो, एलेक्स बएना, रइस्कोगोल गरे । अल्भारोमोराटाको प्रहार भने पोर्चुगलका गोलरक्षक डिएगो कोस्टाले पन्च गर्दै बाहिर पठाए ।

No comments