विश्वकप छनोट: नेदरल्यान्ड्सको माल्टामाथि ८–० को सनसनीपूर्ण जित, फिनल्यान्ड शीर्ष स्थानमा
विश्वकप छनोट: नेदरल्यान्ड्सको माल्टामाथि ८–० को सनसनीपूर्ण जित, फिनल्यान्ड शीर्ष स्थानमा
काठमाडौं – युरोपेली राष्ट्रहरूको विश्वकप छनोट अन्तर्गत मंगलबार राति भएको खेलमा नेदरल्यान्ड्सले माल्टामाथि एकतर्फी जित दर्ता गरेको छ। समूह ‘जी’को खेलमा नेदरल्यान्ड्सले माल्टालाई ८–० ले हराउँदै प्रभावशाली प्रदर्शन गरेको हो।
सो खेलमा मेम्फिस डिपेले र डोनेल मालनेले समान दुई–दुई गोल गरे। अन्य चार गोल क्रमशः भर्जिल भान डिजिक, जाभी सिमोन्स, नोह लाङ र मिक्की भान डे मेनले गरेका थिए।
यसै समूहको अर्को खेलमा फिनल्यान्डले पोल्यान्डलाई २–१ ले पराजित गर्दै महत्त्वपूर्ण जित हात पार्यो। हेलसिन्कीमा भएको उक्त कठिन जितसँगै फिनल्यान्ड समूह ‘जी’को शीर्ष स्थानमा उक्लिएको छ।
हालसम्मको अंक तालिका अनुसार:
-
फिनल्यान्ड: ४ खेल, ७ अंक
-
नेदरल्यान्ड्स: २ खेल, ६ अंक
-
पोल्यान्ड: ३ खेल, ६ अंक
-
लिथुवानिया: ३ खेल, २ अंक
-
माल्टा: ४ खेल, १ अंक
Post a Comment