आजको राशिफल – २०८२ असार ४, बुधवार (१८ जुन २०२५)
विशेष दिन: गोरखकाली पूजा
सूर्योदय: बिहान ०५:०८
सूर्यास्त: साँझ १९:०१
🔴 मेष (Aries)
नयाँ लुगा वा गहना प्राप्त हुने संकेत छन्। ठूला कामहरू सम्पन्न हुँदा खुशी मिल्नेछ। लगानी फाइदाजनक बन्नेछ। व्यवसायिक यात्रा लाभदायक हुने सम्भावना छ।
शुभ रंग: आकाशे | शुभ अंक: ५
🟣 वृष (Taurus)
व्यापार सामान्य रूपमै चल्नेछ। साथीको सहयोग पाउने सम्भावना छ। तर, खर्च बढ्नाले तनाव हुन सक्छ। विवेक प्रयोग गर्दा राम्रो हुनेछ।
शुभ रंग: जामुन | शुभ अंक: ७
🟢 मिथुन (Gemini)
नयाँ सम्झौता वा अवसर मिल्नेछ। रोजगारीमा सुधार देखिन्छ। रोकिएका कामहरू अगाडि बढ्नेछन्। लामो यात्रा फाइदाजनक हुनेछ।
शुभ रंग: हरियो | शुभ अंक: २
🔵 कर्कट (Cancer)
व्यवसाय वा जागिरमा लाभ मिल्नेछ। मन प्रसन्न रहनेछ। प्रतिष्ठा र आम्दानीमा वृद्धि हुनेछ। भाग्यले साथ दिनेछ।
शुभ रंग: आकाशे | शुभ अंक:
९
🟡 सिंह (Leo)
सरकारी सहयोगले काम सहज हुनेछ। सेयर वा जोखिमपूर्ण लगानी टार्नुहोस्। दुर्जनबाट सावधान रहनुहोला। तीर्थ यात्रा सम्भव छ।
शुभ रंग: पहेँलो | शुभ अंक: ९
⚪ कन्या (Virgo)
व्यापार सामान्य चल्नेछ। जोखिम, जमानी वा आगो–सवारीसँग जोडिएका काममा सावधानी अपनाउनुहोस्। अनावश्यक कुरामा ध्यान नदिनुहोस।
शुभ रंग: सेतो | शुभ अंक: ५
🔵 तुला (Libra)
सरकारी सहयोग र विवाहको प्रस्ताव पाउन सकिन्छ। जागिरमा प्रभाव बढ्नेछ। नयाँ योजना बन्ने सम्भावना छ।
शुभ रंग: नीलो | शुभ अंक: ३
🟤 वृश्चिक (Scorpio)
रियल स्टेट वा सम्पत्ति कारोबारमा राम्रो मौका मिल्न सक्छ। रोजगारी र आम्दानीमा वृद्धि हुनेछ। मित्रसँग सहयोगी सम्बन्ध रहनेछ।
शुभ रंग: बदामी | शुभ अंक:
४
🟠 धनु (Sagittarius)
बौद्धिक कार्यमा सफलता मिल्नेछ। वरिष्ठको साथ पाइनेछ। पारिवारिक मांगलिक कार्य र रमाइलो यात्रा सम्भव छ।
शुभ रंग: केशरी | शुभ अंक: ७
⚪ मकर (Capricorn)
आम्दानी स्थिर रहनेछ। लेनदेनमा सतर्कता आवश्यक छ। अन्जान व्यक्तिमा अन्धविश्वास नगर्नुहोस्। कामप्रति उत्साह घट्न सक्छ।
शुभ रंग: सेतो | शुभ अंक:
३
🟡 कुम्भ (Aquarius)
काम सफल हुँदै जान्छ। आम्दानी बढ्नेछ। सामाजिक क्षेत्रमा संलग्न हुने अवसर आउन सक्छ। समयको सदुपयोगले फाइदा हुनेछ।
शुभ रंग: पहेँलो | शुभ अंक: ७
🟥 मीन (Pisces)
नयाँ मित्र बनाउने मौका मिल्नेछ। उत्साह बढ्नेछ। राम्रा समाचार पाउने योग छ। विवेक प्रयोग गर्दा लाभ हुनेछ।
शुभ रंग: मरुन | शुभ अंक: ६
Post a Comment