असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व
असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व
नेपालमा असार १५ लाई "राष्ट्रिय धान दिवस" र "दही चिउरा खाने पर्व" दुवैका रूपमा मनाइन्छ। यो दिन खेतीपातीमा संलग्न किसानहरूका लागि मात्र होइन, सम्पूर्ण नेपालीका लागि कृषि, संस्कार र स्वास्थ्यसँग जोडिएको विशेष दिन हो।
🌾 धान दिवसको ऐतिहासिक पृष्ठभूमि
विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णयबाट असार १५ लाई धान दिवसको रूपमा मनाउने निर्णय गरिएको थियो। त्यसयता २०६२ सालदेखि औपचारिक रूपमा धान दिवस मनाउन थालिएको हो।
नेपाल एक कृषिप्रधान देश हो जहाँ अधिकांश जनता धान उत्पादनसँग प्रत्यक्ष या परोक्ष रूपमा जोडिएका छन्। धानको रोपाइँ समयको चरम व्यस्तता यही महिनामा पर्छ, जसका कारण किसानहरूले खेतमा हिलो खेल्दै, लोक गीत गाउँदै र सामूहिक प्रयासमार्फत रोपाइँ गर्छन्।
🥣 दही चिउराको सांस्कृतिक र स्वास्थ्य पक् ष
दही चिउरा खानु असार १५ को एक महत्वपूर्ण सांस्कृतिक पक्ष हो।
-
यो दिन खेतमा श्रम गरेपछि शरीरमा शक्ति र शीतलता प्रदान गर्ने विश्वासले दही चिउरा खाइन्छ।
-
नेपाली संस्कृतिमा दही शुभताको प्रतीक हो — शुभकार्यमा निस्कँदा निधारमा दही-अक्षता लगाउने, दही खुवाएर बिदाइ गर्ने परम्परा छ।
-
वैज्ञानिक दृष्टिले पनि दही लाभदायक हुन्छ – पाचन शक्ति सुधार्ने, आन्द्राको स्वास्थ्यमा सहयोग पुर्याउने, रोग प्रतिरोधात्मक क्षमता बढाउने।
-
आयुर्वेद अनुसार, "भोजनान्ते पिबेत् तक्रं, वैद्यस्य किं प्रयोजनम्" — भोजनपछि मोही (दही मथेको तरल) खाए स्वास्थ्यकर्मीको खाँचो पर्दैन भन्ने भनाइ प्रचलित छ।
🎶 असारे भाका र हिलो खेल
यस दिन गाउँघरमा "छुपु र छुपु हिलोमा..." जस्ता असारे भाका गाइन्छ, खेतका गरामा हिलो छ्यापाछ्याप गर्दै रमाइलो गरिन्छ।
युवा लाठे र युवती रोपाहार बीच हल्का ठट्टा, गीत-संगीत र हिलोको मनोरञ्जनले यो दिनलाई खेतको चाडजस्तो बनाउँछ।
🌧️ वर्षा र मल अभावको प्रभाव
तर, यस वर्ष (२०८२) असारको मध्यसम्म पनि पर्याप्त वर्षा नभएको किसानहरू बताउँछन्। साथै, केही ठाउँमा मलको अभावले पनि रोपाइँ प्रभावित भएको गुनासो छ।
तर, कृषि मन्त्रालयले भने पर्याप्त मौज्दात रहेको दाबी गरेको छ।
Post a Comment