मेसीको दुई गोलमा इन्टर मियामी विजयी
एभरेष्ट न्यूज एजेन्सी, काठमाडौं।
अमेरिकन मेजर लिग सकर (MLS) अन्तर्गतको खेलमा इन्टर मियामीले न्यू इङल्याण्डलाई २-१ ले पराजित गरेको छ। बिहीबार बिहान सम्पन्न खेलमा इन्टर मियामीका लागि लियोनेल मेसीले दुवै गोल गर्दै टोलीलाई जित दिलाए।
मेसीले पहिलो हाफमै खेलको २७औं र ३८औं मिनेटमा दुई शानदार गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाए। यद्यपि, न्यू इङल्याण्डले दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गर्दै खेलको ८०औं मिनेटमा कार्लेस गिलमार्फत एक गोल फर्काए। तर, बाँकी समयसम्म कुनै टोलीले थप गोल गर्न नसक्दा इन्टर मियामी २-१ को जितसँगै मैदानबाट विजयी बन्यो।
यो जितसँगै इन्टर मियामीको शीर्ष स्थानमा उक्लिने सम्भावना बलियो भएको छ, भने मेसीको प्रदर्शन फेरि एकपटक चर्चा र प्रशंसाको केन्द्र बनेको छ।
Post a Comment