लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
७.१ प्रतिशत
– आयोगले २०८२ असारमा आर्थिक वर्ष २०८२/८३ देखि २०८४/८५ सम्म लागु हुने मध्यकालीन खर्च संरचना सार्वजनिक गरेको ।
– संरचनाले तीन वर्षभित्र सङ्घीय सरकारले खर्च गर्ने योजना, प्राथमिकताका आयोजना, स्रोत व्यवस्थापन र बजेटको विनियोजन प्रक्रिया स्पष्ट पारेको । यसले ‘१६ औँ योजना’ तथा दिगो विकास लक्ष्यसँग समन्वय हुने सार्वजनिक खर्च प्रणालीको आधार तयार गरेको ।
– आव २०८२/८३ देखि २०८४/८५ मा मुलुकको औसत आर्थिक विकास ७.१ प्रतिशत रहने अनुमान गरिएको ।
– प्रतिवेदनले चालु आव २०८१/८२ मा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ३.९९ प्रतिशत र उपभोक्ताको मूल्यमा ४.६१ प्रतिशत रहने अनुमान गरेको ।
– चालु आवमा कुल गार्हस्थ उत्पादन (जिडिपी) ६१ खर्ब ७ अर्ब पुगेको ।
– आव २०६७/६८ मा १५ खर्ब ५९ अर्ब रहेको जिडिपी १५ वर्षमा पाँच गुणाले बढेको आयोगले जनाएको ।
– यो अवधिमा जिडिपीको वार्षिक वृद्धिदर सबैभन्दा धेरै आव २०७३/७४ मा ८.९८ प्रतिशत र सबैभन्दा कम आव २०७६/७७ मा २.३७ प्रतिशतमा सीमित रही औसत ४.३० प्रतिशत रहेको ।
– विगत १५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय ८१८ अमेरिकी डलरबाट बढेर यस वर्ष १५१७ अमेरिकी डलर पुग्ने अनुमान रहेको ।
२. अन्तर्राष्ट्रिय योग दिवस कहिले मनाइन्छ ?
जुन २१
– सन् २०२५ को नारा : ‘सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग’ ।
३. राष्ट्रपति चुरे तराई मधेश संरक्षण दिवस कहिले मनाइन्छ ?
असार २
– राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति स्थापनाको अवसर पारी हरेक वर्ष असार २ गते यो दिवस मनाउने गरिएको ।
– चुरेको प्राकृतिक स्रोत संरक्षण, दिगो व्यवस्थापन, पारिस्थितिकीय सेवाको सम्बर्धनद्वारा गरिबी न्यूनीकरणमा टेवा पु¥याउने लक्ष्यका साथ समितिको स्थापना २०७१ असार २ गते भएको ।
४. युइएफए नेसन्स लिग फुटबल २०२५ को उपाधि कसले जित्यो ?
पोर्चुगल
– फाइनलमा स्पेनलाई टाइब्रेकरमा हराउँदै पोर्चुगलले दोस्रो पटक नेसन्स लिग फुटबलको उपाधि जितेको ।
– टाइब्रेकरमा पोर्चुगल ५–३ ले विजयी भएको ।
– पोर्चुगलले यसअघि नेसन्स लिगको पहिलो संस्करण २०१८–१९ को उपाधि जितेको थियो । त्यस यता फ्रान्स र स्पेनले १–१ पटक उपाधि जितेका ।
५. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कहिलेदेखि लागु हुने गरी १२ देशका नागरिकहरूलाई पूर्ण र आंशिक यात्रा प्रतिबन्ध घोषणा गरेका हुन् ?
– सन् २०२५ जुन ९
– यात्रा प्रतिबन्ध घोषणा गरिएका राष्ट्रहरू :
अफगानिस्तान, म्यानमार, चाड, कङ्गो, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिविया, सोमालिया, सुडान र यमन ।
– ट्रम्पले जुन ४ मा जारी गरेको आदेश जुन ९ देखि लागु भएको ।
– त्यस्तै, बुरुन्डी, क्युवा, लाओस, सिएरालियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला (७ देश) का नागरिकमाथि आंशिक यात्रा प्रतिबन्ध लागु हुने ।
– यो रोक आप्रवासन र गैरआप्रवासन (नन–इमिग्रेसन) दुवै प्रकारका भिसामा लागु हुने जनाइएको ।
– पूर्ण प्रतिबन्ध लागू भएका देशका अधिकांश नागरिकको अमेरिका प्रवेश पूर्ण रूपमा निषेध हुने । यसमा पर्यटक भिसा, विद्यार्थी भिसा, काम गर्ने भिसा र आप्रवासन भिसा लिने सबै समावेश हुन्छन् ।
– आंशिक प्रतिबन्ध लागु भएका देशका नागरिकलाई केही विशेष प्रकारका भिसा वा प्रवेशमा मात्र रोक हुने जनाइएको ।
६. स्नायु विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘न्युरोकन–२’ काठमाडौँमा कहिले सम्पन्न भएको हो ?
विसं २०८२ असार ४ र ५
– सम्मेलनको नारा : स्नायु विज्ञानको विकासक्रम एवं नवप्रवर्तन ।
– सम्मेलनमा स्नायु विज्ञानका विभिन्न विधा न्युरो–सर्जरी,
न्युरो–मेडिसिन, न्युरो–रेडियोलोजी, न्युरो–इन्टरभेन्सन, न्युरो–ओटोलोजी, न्युरो–ऐनस्थेसिया, न्युरो–साइक्याट्री, न्युरो नर्सिङ एवं पुनस्र्थापनासम्बन्धी देश तथा विदेशका विशेषज्ञ, चिकित्सकको सहभागिता रहेको ।
– सम्मेलनको अवसरमा वरिष्ठ स्नायु शल्य चिकित्सक प्राडा डेविट टेरेन्स होपलाई उपेन्द्र देवकोटा पुरस्कार प्रदान गरिएको ।
७. एसियाली विकास बैङ्क (एडिबी) ले नेपालका लागि अघि सारेको नयाँ कन्ट्री पार्टनरसिप स्ट्राटेजीको अवधि कुन हो ?
सन् २०२५–२०२९
– एडिबीले सन् २०२५ जुनमा ‘नेपाल रणनीति २०२५–२०२९’ सार्वजनिक गरेको ।
– सन् २०२५ देखि २०२९ सम्मका लागि लागु हुने रणनीतिले नेपालको आर्थिक रूपान्तरणका लागि हरित, निजी क्षेत्र लक्षित र जलवायु रेजिलियन्ट विकास मोडेललाई अघि सारेको ।
– सुशासन, सामाजिक न्याय, साझा समृद्धि हासिल गर्ने नेपालको १६ औँ पञ्चवर्षीय योजनाको उद्देश्यसँग मेल खाने गरी यो रणनीति बनाइएको एडिबीले जनाएको ।
– यो रणनीति विश्व बैङ्क समूहसँगको साझा अवधारणामा तयार पारिएको ।
– एडिबी र विश्व बैङ्कले नेपालमा कुल विकास सहयोगको झन्डै ७० प्रतिशत हिस्सा ओगट्छन् ।
– एडिबीले सन् २०२५ देखि २०२९ भित्र नेपालमा झन्डै २.३ अर्ब डलर सहयोग गर्ने जनाएको ।
– निजी क्षेत्रको अग्रसरतामा रोजगारीमूलक तथा हरित आर्थिक रूपान्तरण, गुणस्तरीय मानव पुँजी विकास एवं सार्वजनिक सेवा र जलवायु परिवर्तनप्रति प्रतिरोधी संरचनाको प्रवर्धनलाई नयाँ रणनीतिका मुख्य तीन प्राथमिकतामा राखिएको ।
८. सेभेन रिला लेक्स कहाँ पर्छ ?
बुल्गेरिया
– रिला माउन्टेन पर्वत श्रेणीमा पर्ने सेभेन रिला लेक्स सात वटा हिमतालको समूह हो ।
– २१०० मिटरदेखि २५०० मिटर उचाइमा अवस्थित सात तालहरू :
>१) दी टियर (सबैभन्दा सानो)२) दी आई
३) दी किड्नी
४) दी ट्विन (सबैभन्दा ठुलो)
५) दी टे«फोइल
६) फिस लेक
७) दी लोवर लेक
९. नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ ?
सुवानन्द दास
१०. विश्वको सबैभन्दा पुरानो अन्न कुनलाई भनिन्छ ?
भटमास
११. इजरायल–इरानबिच युद्धविराम कहिले भएको हो ?
सन् २०२५ जुन २४
– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा इजरायल र इरान युद्ध विरामको सहमतिमा पुगेका ।
– इजरायल र इरानका अधिकारीहरूले युद्ध विरामका लागि सहमत भएको जनाएका ।
१२. मुलुककै पहिलो फ्लाइओभर ‘ग्वार्को फ्लाइओभर’ को उद्घाटन कहिले भएको हो ?
विसं २०८२ असार ६
– प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले रिबन काटेर फ्लाइओभरको उद्घाटन गर्नुभएको ।
– उद्घाटनसँगै फ्लाइओभर सञ्चालनमा ल्याइएको ।
– विसं २०७८ फागुन १२ गते २ वर्षमा निर्माण सक्ने गरी सम्झौता भई निर्माण कार्य अघि बढेको थियो ।
१३. एउटै आय वर्षमा एकभन्दा बढी मुलुकमा कारोबार गर्ने व्यक्तिलाई कारोबार गरेको मुलुक वा बासिन्दा रहेको मुलुकमा मात्रै कर लिन सकिने व्यवस्थासम्बन्धी सम्झौतालाई के भनी चिनिन्छ ?
दोहोरो कर मुक्ति सम्झौता (डिटिएए)
१४. प्रसिद्ध समाजसेवी तुलसी मेहरद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन गरिएको चर्खा प्रचार नामक अभियानमा रोक लगाउने राणा प्रधानमन्त्री को हुन् ?
भीमशमशेर
१५. पशुपतिनाथमा सन्ध्याकालीन आरतीको थालनी कहिलेदेखि गरिएको हो ?
विसं २०६४
१६. सरकारले गैरबैङ्किङ सम्पत्ति व्यवस्थापन गर्न कहिले सम्ममा ‘एसेट म्यानेजमेन्ट कम्पनी’ स्थापना गर्ने घोषणा गरेको छ ?
आव २०८२/८३ (आव २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटमार्फत)
१७. सिएनएनको साहसी खेलाडी, २०२४ को सूचीमा पर्न सफल नेपाली पर्वतारोही व्यक्तित्व को हुन् ?
पूर्णिमा श्रेष्ठ
१८. १२ औँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय मानव अधिकार चलचित्र महोत्सवमा नेपाली पानारोमा अवार्ड जित्न सफल चलचित्र कुन हो ?
रेमन्यान्ट्स
१९. बेइजिङ ३० एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
बैङ्कक (थाइल्यान्ड), सन् २०२४ नोभेम्बर १९–२१
२०. प्रसिद्ध म्यागजिन टाइमद्वारा सन् २०२४ का लागि तयार पारिएको संसारका १०० सर्वोत्कृष्ट ठाउँको सूचीमा पर्न सफल नेपालको पर्यटकीय स्थल कुन हो ?
बुरहान वाइल्डरनेस क्याम्प, बर्दिया
२१. आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार २०८१ फागुनसम्म आधारभूत खानेपानी सेवाको पहुँच पुगेको जनसङ्ख्या कति प्रतिशत रहेको छ ?
९६.८५ प्रतिशत
– त्यस्तै, सुरक्षित खानेपानी (उच्च मध्यमस्तर) सेवाको पहुँच पुगेको जनसङ्ख्या २८.५० प्रतिशत पुगेको ।
Post a Comment