सिन्धुलीको खानिबेसीमा बाढीले काठको पुल बगायो, स्थानीय प्रभावित
सिन्धुलीको खानिबेसीमा बाढीले काठको पुल बगायो, स्थानीय प्रभावित
सिन्धुली, असार २ गते — दुधौली नगरपालिका–१३ स्थित खानिबेसीमा आएको बाढीले काठको पुल बगाएको छ। असार १ गतेको वर्षासँगै आएको बाढीले खानिखोलामा बनेको पुल बगाएको वडा अध्यक्ष तथा नगर प्रवक्ता दीपक खड्काले जानकारी दिएका छन्।
उक्त पुल अघिल्लो वर्षमात्रै निर्माण गरिएको थियो। बाढीले पुल बगाएपछि स्थानीय बासिन्दालाई खानिखोला पार गर्न समस्या भएको छ। विद्यालय तथा स्वास्थ्य सेवा पहुँचमा विशेष समस्या देखिएको वडा अध्यक्ष खड्काले बताए।
“सबैभन्दा बढी मावि अरुणडाँडा जानुपर्ने विद्यार्थी र हेल्थपोष्ट जानुपर्ने सर्वसाधारण प्रभावित छन्,” उनले भने।
स्थानीयले तत्काल वैकल्पिक आवतजावतको उपाय अपनाउनुपर्ने आवश्यकता महसुस गरेका छन् भने दीर्घकालीन समाधानका लागि पक्की पुल निर्माणको मागसमेत बढ्न थालेको छ।
Post a Comment